२ वर्ष पहिले
साउन-१७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय १४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ३० हजार ९ सय ३८ जना पुगेको छ ।
२४ घण्टामा २ हजार ७ सय ६२ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख २३ हजार २८ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा २ हजार ६ सय ५३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ सय ५ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ८४ हजार ९ सय ३८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ४४ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ४ हजार ९ सय ८५ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ५९ जना रहेको छ।
२४ घण्टामा ३ सय ५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ७० हजार ६ सय २५ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.८२ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ६८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ३८ जना र भेन्टिलेटरमा ५ जना रहेको छ।