× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    मनकामना केबलकार साउन २३ गते देखि अर्को सुचना जारी नहुँदा सम्मको लागि बन्द हुने

    २ वर्ष पहिले

    साउन-१७, मनकामना दर्शन प्रालिको केवलकार साउन २३ गते देखि बन्द हुने भएको छ ।

    कम्पनीले आज एक सूचना जारी गर्दै केबलकार स्तरोन्नतीको लागि साउन २३ गते सोमबार देखि अर्को सुचना जारी नगर्दासम्मको लागि केवलकार बन्द हुने भएको हो।

    कम्पनीका नायब प्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकार स्तरोन्नती( एनालग सिस्टमबाट डिजिटल सिस्टममा परिवर्तन गर्न) अस्ट्रियाबाट आउने प्राविधिकहरुले गर्ने छ।

    केबलकार स्तरोन्नती गर्नको लागि करिब ५ देखि ६ हप्तासम्म लाग्ने उनले बताए।