× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ९ सय १५ संक्रमित थपिँयो, सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३३

    २ वर्ष पहिले

    साउन-१८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ३१ हजार ८ सय ५३ जना पुगेको छ ।

    २४ घण्टामा ३ हजार ९१ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ९० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख २६ हजार १ सय १९ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा २ हजार ९ सय ११ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ सय १ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ८७ हजार ८ सय ४९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३३ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ५ हजार २ सय ७५ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ५८ जना रहेको छ।

    २४ घण्टामा ३ सय १ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ७० हजार ९ सय २६ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ६८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ४३ जना र भेन्टिलेटरमा २ जना रहेको छ।