× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आइओसीबाट इन्धनको मूल्य घटेर आएपनि नेपाल आयल निगम इन्धनको मूल्य नघटाउने

    २ वर्ष पहिले

    साउन-१८, आइओसीबाट इन्धनको मूल्य घटेर आएपनि नेपाल आयल निगमले इन्धनमा अझै घाटा रहेको बताउँदै इन्धनको मूल्य नघटने बताएको छ ।

    आइओसीबाट मूल्य घटेर मूल्यसूची आएपनि नेपाल आयल निगमले इन्धनको मूल्य नघटाएको भनी विधार्थी संगठनहरु ले आन्दोलन गरेपछि निगमले बुधबार यस्तो बताएको हो ।

    इन्धनमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै लागि मूल्य यथावत राख्नुपर्ने अवस्था भएको निगमको भनाइ छ ।

    ‘पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने देखिएको छ’ निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।