× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    चीनले ताइवानलाई घेरेर अहिलेसम्म कै सबैभन्दा ठूलो सैन्य अभ्यास शुरु गर्यौ

    २ वर्ष पहिले

    साउन-१९, चीनले ताइवानसँगको सीमा क्षेत्रमा अहिलेसम्म कै सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेको छ ।

    विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानलाई ६ ठाउँमा घेरेर सैन्य अभ्यास सुरु गरेको हो ।

    चीनले संसारको सबैभन्दा व्यस्त जलमार्गमा सैन्य अभ्यास हुने जनाएको छ । यो सैन्य अभ्यासमा लामो दुरीको क्षेप्यास्त्र प्रयोग गर्ने बताएको छ।

    यो अभ्यासबाट जोगिन ताइवानले आफ्ना जहाजहरूलाई वैकल्पिक मार्ग अपनाउन आग्रह गरेको छ ।

    जापानले छिमेकी मुलुकहरूसँगको हवाइमार्गमा समेत विकल्पको खोजी गरेको छ । यसअघि चीनको चेतावनी र अमेरिकी राष्ट्रपति जो बाइडेनकै असहमतिका बाबजुद पेलोसी मंगलबार ताइवान पुगेकी थिइन् ।

    भ्रमणबाट फर्किँदै गर्दा ताइवानलाई एक्लो नछोड्ने पेलोसीको अभिव्यक्तिपछि चीन थप आक्रोशित देखिएको छ ।