२ वर्ष पहिले
साउन-१९, चितवनमा आज (बिहीबार) १३ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ५३ पिसिआर परीक्षण हुँदा १३ जनामा संक्रमण देखिएको हो।आज थपिएका १३ संक्रमित सबै भरतपुर महानगरपालिकाको रहेकाे छन्।
चितवनमा हालसम्म सक्रिय सङ्कमितको संख्या ६७ पुगेको छ ।जस मध्ये भरतपुर महानगरपालिकाको ६२, रत्ननगर नगरपालिकाको ३, राप्ती र खैरहनी नगरपालिकाको एक एकजना जना रहेका छन्।
संक्रमित मध्ये २ जना अस्पताल तथा ५९ जना होम आइसोलेसनमा रहेका छन्।