२ वर्ष पहिले
साउन-२०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ सय १२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ३३ हजार ५ सय २५ जना पुगेको छ ।
२४ घण्टामा २ हजार ९ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा ५ सय २९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ३१ हजार ६ सय ४९ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा ३ हजार ५ सय ५० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ सय ८३ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ९४ हजार ७ सय ३६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ७० जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ५ हजार ५ सय ८७ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ७३ जना रहेको छ।
२४ घण्टामा ३ सय ७० जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ७१ हजार ६ सय २० जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ७० जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ४२ जना र भेन्टिलेटरमा २ जना रहेको छ।