× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    हिरोशिमा र ६ अगस्ट- सुनिल उलक

    २ वर्ष पहिले

    साउन-२१, आज ७७ वर्ष भयो पर्ल हार्वर आक्रमणको । अपत्यारिलो तर सफल आक्रमण थियो जापानको नौसेनाको लागी भने अति नै दुखद थियो अमेरिकी सेना तथा सरकारको लागी ।

    सन १९४१ को डिसेम्बर ७ मा जापानी नौसेनाका बिमानहरूको आक्रमणबाट पर्ल हार्वरमा रहेका २४०३ अमेरिकी सेनाको मृत्यु भयो भने ११७८ घाइते भए । आठ वटा ठूला पनडुब्बी ध्वस्त भए, १८८ वटा बमबर्षक बिमान जले । यसरी अमेरिकी सेनाले जुन क्षति ब्यहोर्नु पर्यो त्यसले गर्दा दोश्रो विश्व युद्धले अर्को मोड लियो । अमेरिकी सेना जापान बिरूद्ध युद्धमा होमियो ।

    जसको बदला स्वरुप अमेरिकी सेनाले १९४५ अगष्ट ६ र ९ मा हिरोशिमा र नागासाकीमा परमाणु बमको आक्रमण गरेर जापानसंग बदला लियो । यसले ति शहरमा बस्ने करिव साढे दुइ लाख मानिसले अनाहकमा ज्यान गुमाउनु परेको थियो । जापानले युद्धविराम गरेर दुख मनाए भने विश्वले सदैव अमेरिकाको यो कदमको बिरोध गरिरहे ।

    हिरोशिमामा अन्दाजी बिहानको ८:१५ हुदै थियो, अमेरिकी बमवर्षक वि-२९ विमान ईनोला गे, ले करिव ४ टनको “लिटल ब्वाई” छद्म नाम दिईएको न्युक्लियर बम खसाल्यो । २ लाख ५० हजार जनसंख्या भएको हिरोशिमामा बम आक्रमणको लगत्तै ६० हजार सर्वसाधारण तथा २० हजार सैनिकले ज्यान गुमाए । बमबाट फैलिएको विकिरणले गर्दा पछि ९० हजार मानिसको मत्यु भयो भने अन्य हजारौ जीवन भर घाईते अवस्थामा बाँचे । यस दुखद घटना लगत्तै जापानले आत्म समर्पण त गरे तर अमेरिकालाई संसारले कहिल्यै माफ गरेन ।