× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा आज १३ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ८३ पुग्यो

    २ वर्ष पहिले

    साउन-२१, चितवनमा आज (शनिबार) १३ कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ४८ पिसिआर परीक्षण हुँदा १२ र ३ एन्टीजन परीक्षण गर्दा १ जनामा गरि जम्मा १३ जनामा संक्रमण देखिएको हो।

    आज थपिएका १३ संक्रमित मध्ये भरतपुर महानगरपालिकाको १० जना, रत्ननगर, माडी र राप्ती नगरपालिकाको एक एकजना रहेकाे छन्।

    चितवनमा हालसम्म सक्रिय सङ्कमितको संख्या ८३ पुगेको छ ।जस मध्ये भरतपुर महानगरपालिकाको ७३, रत्ननगर नगरपालिकाको ४, खैरहनी नगरपालिकाको ३ जना, राप्ती नगरपालिकाको २ जना र माडी नगरपालिकाको १ जना रहेका छन्।

    संक्रमित मध्ये ४ जना अस्पताल तथा ७९ जना होम आइसोलेसनमा रहेका छन्।