× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • गण्डकी

    कर बढाएको बिरोधमा आईतवार देखि गण्डकी प्रदेश भरी यातायात बन्द

    २ वर्ष पहिले

    साउन-२१, सरकारले कर बढाएको बिरोधमा गण्डकी प्रदेशभर आईतवारदेखि यातायात बन्द हुने भएको छ ।

    गण्डकी प्रदेश सरकारले सवारी साधन नबिकरणमा दुई सय प्रतिशत जरिवाना बढाएको भन्दै ब्यवसायीले उक्त निर्णय फिर्ता लिन माग गर्दै बिरोध जनाएका छन् ।

    यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले सवारी कर विरुद्ध कडा आन्दोलन शुरु गरेको हो । आन्दोलन स्वरुप महासंघले प्रदेशमा गाडी सञ्चालन नगर्ने जनाएको छ ।यातायात करमा भएको व्यापक वृद्धिको विरोध गर्दै समितिले सार्वजनिक सवारी नचलाउने जनाएको छ ।

    महासंघले आफ्नो आन्दोलनमा निजी सवारी धनीसहित आम नागरिकको पनि समर्थन मागेको छ ।महासंघले विज्ञप्तिमार्फत सरकारले संघीयताको मर्म विरुद्ध मनोमानी ढंगले बढाएको आरोप पनि लगाएको छ । कोरोना महामारीबाट थला परेका व्यवसायीलाई राहत दिनुपर्नेमा उल्टै अन्यायपूर्ण तरिकाले कर वृद्धि गरेको र त्यसकै विरोधस्वरुप आन्दोलन गर्न बाध्य भएको महासंघका गण्डकी प्रदेश संयोजक केदार पौड्यालले बताए ।

    विज्ञप्तिमा भनिएको छ, ‘सरकारबाट कुनै पनि बेला कुनै पनि पक्षलाई करको अव्यवहारिक बोझ बोक्न बाध्य बनाउन सक्ने देखिएको हुँदा यस आन्दोलनमा निजी तथा पर्यटन सवारी साधनहरू पनि घर ग्यारेजमा राखी अव्यवहारिक करको विरुद्धमा उभिन सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।’