× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ५ सय ५३ संक्रमित थपिँयो, सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ५९

    २ वर्ष पहिले

    साउन-२२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ५३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ३४ हजार ७ सय ४८ जना पुगेको छ ।

    २४ घण्टामा २ हजार ४० जनाको पिसिआर परीक्षण गर्दा ४ सय ५१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ३५ हजार ६ सय ३१ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा १ हजार ७ सय ४९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय २ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १२ लाख ९९ हजार २ सय २५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ५९ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ५ हजार ५ सय ७ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ५२ जना रहेको छ।

    २४ घण्टामा ४ सय ३३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ७२ हजार ४ सय ९७ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ७१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ४५ जना र भेन्टिलेटरमा ३ जना रहेको छ।