२ वर्ष पहिले
साउन-२४, चितवनमा आज (मंगलबार) २५ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ७० पिसिआर परीक्षण हुँदा १७ र २१ एन्टीजन परीक्षण गर्दा ८ जनामा गरि जम्मा २५ जनामा संक्रमण देखिएको हो।
आज थपिएका २५ संक्रमित मध्ये भरतपुर महानगरपालिकाको १९ जना, रत्ननगर, खैरेनी तथा कालिका नगरपालिकाको एक एकजना र ईच्छाकामना गाउँपालिकाको ३ जना रहेका छन्।
चितवनमा हालसम्म सक्रिय सङ्कमितको संख्या १ सय ८ जना पुगेको छ ।जस मध्ये भरतपुर महानगरपालिकाको ८९, रत्ननगर नगरपालिकाको ३, खैरहनी नगरपालिकाको ५, कालिका, राप्ती तथा माडी नगरपालिकाको एक एकजना र ईच्छाकामना गाउँपालिकाको ८ जना रहेका छन्।
संक्रमित मध्ये ६ जना अस्पताल तथा १ सय २ जना होम आइसोलेसनमा रहेका छन्।