× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपालमा कोरोनाको संक्रमित ह्वात्तै बढ्यो, पछिल्लो २४ घण्टामा १ हजार ९० संक्रमित थपिँदा २ जनाको मृत्यु

    २ वर्ष पहिले

    साउन-२४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ३६ हजार ७ सय ७२ जना पुगेको छ ।

    २४ घण्टामा २ हजार ९ सय ५८ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ६० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ४१ हजार ४ सय ५१ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा ३ हजार ३ सय ४२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५ सय ३० जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ५ हजार ५६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ५ हजार ५ सय ९३ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय १३ जना रहेको छ।

    २४ घण्टामा ४ सय ३८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ७३ हजार ४ सय ५ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ७४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ६१ जना र भेन्टिलेटरमा ७ जना रहेको छ।