× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    दोस्रो ईच्छाकामना महोत्सब भदौ ९ गते देखि १९ गते सम्म हुने

    २ वर्ष पहिले

    साउन-२४, दोस्रो संस्करणको इच्छाकामना महोत्सव भदौ ९ गते देखि १९ गते सम्म हुने भएको छ।

    इच्छाकामना गाउँपालिका वडा नं ४ को आयोजना तथा इच्छाकामना गाउँपालिकाको संरक्षकत्वमा ‘हामी सबैको चाहना -समृद्द ईच्छाकामना’ भन्ने मुल नाराका साथ १० दिन दोस्रो ईच्छाकामना महोत्सब-२०७९ वडा नं ४ कुरिनटारमा हुने भएको हो।

    कोरोनाले ठप्प पारेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन, स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थलको प्रवर्द्धन गर्न महोत्सवको आयोजना गरिएको इच्छाकामना गाउँपालिका वडा नं ४ का वडाध्यक्ष रुद्र उप्रेतीले बताउनुभयो।

    यस अघि २०७५ सालमा इच्छाकामना उधोग वाणिज्य संघको आयोजना तथा गाउँपालिकाको संरक्षकत्वमा प्रथम इच्छाकामना महोत्सव भएको थियो।