× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा आज १४ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या १ सय ८ पुग्यो

    २ वर्ष पहिले

    साउन-२५, चितवनमा आज (बुधबार) १४ कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ८५ पिसिआर परीक्षण हुँदा ८ र २५ एन्टीजन परीक्षण गर्दा ६ जनामा गरि जम्मा १४ जनामा संक्रमण देखिएको हो।

    आज थपिएका १४ संक्रमित मध्ये भरतपुर महानगरपालिकाको ९ जना, खैरेनी नगरपालिकाको ४ जना र ईच्छाकामना गाउँपालिकाको १ जना रहेका छन्।

    चितवनमा हालसम्म सक्रिय सङ्कमितको संख्या १ सय ८ जना पुगेको छ ।जस मध्ये भरतपुर महानगरपालिकाको ९०, रत्ननगर नगरपालिकाको २, खैरहनी नगरपालिकाको ७, कालिका, राप्ती तथा माडी नगरपालिकाको एक एकजना र ईच्छाकामना गाउँपालिकाको ६ जना रहेका छन्।

    संक्रमित मध्ये ६ जना अस्पताल तथा १ सय २ जना होम आइसोलेसनमा रहेका छन्।