× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामना प्याब्सन अन्तर विद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा प्रगति पाठशाला प्रथम

    २ वर्ष पहिले

    साउन-२५, ईच्छाकामना प्याब्सन चितवनको आयोजनामा प्रथम अन्तर विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा प्रगति पाठशाला कुरिनटार प्रथम भएको छ।

    आज (बुधबार) इच्छाकामना ५ मुग्लिनको मर्स्याङ्दी शिक्षा सदन स्कुलमा भएको गाउँपालिका स्तरीय लोकनृत्य प्रतियोगितामा प्रगति पाठशाला कुरिनटार प्रथम, मर्स्याङ्दी शिक्षा सदन स्कुल मुग्लिन द्वितीय र ग्रिनफिल्ड बोर्डको स्कुल मुग्लिन तृतीय स्थान हासिल गर्न सफल भएको छ।

    इच्छाकामना गाउँपालिका वडा नं ५ का वडाध्यक्ष तेजबहादुर शेरचनको प्रमुख आतिथ्यता तथा इच्छाकामना प्याब्सनका संयोजक टंकप्रसाद त्रिपाठीको अध्यक्षतामा सम्पन्न नृत्य प्रतियोगितामा अतिथिको रुपमा मर्स्याङ्दी शिक्षा सदन स्कुलका विधालय ब्यबस्थापन समितिका अध्यक्ष किशोर गुरुङ,ग्रिनफिल्ड बोर्डको स्कुलका प्रिन्सिपल राम थापा लगायत उपस्थित रहेका थिए।

    कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक पृथ्वी गुरुङ,सफल कोरियोग्राफर देब आले तथा कुशल नृत्याकार आरती गुरुङ लामा तीनजना समुहको निर्णायक मण्डलले प्रतियोगी छनौट गरेका थिए ।

    प्रथम, द्धितिय र तृतीय स्थान हासिल गर्ने स्कुलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

    प्रथम स्थान हासिल गर्न सफल प्रगति पाठशाला कुरिनटारले प्याब्सन द्वारा हुन गइरहेको चितवन जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा स्थान बनाउन पनि सफल भएको छ।

    सो लोकनृत्य प्रतियोगितको सञ्चालन मर्स्याङ्दी शिक्षा सदन स्कुलका सहप्राचार्य सुमन छिदालले गर्नुभएको थियो।