× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा आज ८ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ९८ पुग्यो

    २ वर्ष पहिले

    साउन-२६, चितवनमा आज (बिहीबार) ८ कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ४८ पिसिआर परीक्षण हुँदा ५ र ३ एन्टीजन परीक्षण गर्दा ६ जनामा गरि जम्मा ८ जनामा संक्रमण देखिएको हो।

    आज थपिएका ८ संक्रमित मध्ये भरतपुर महानगरपालिकाको ४ जना, खैरेनी नगरपालिकाको २ जना र ईच्छाकामना गाउँपालिकाको २ जना रहेका छन्।

    चितवनमा हालसम्म सक्रिय सङ्कमितको संख्या ९८ जना पुगेको छ ।जस मध्ये भरतपुर महानगरपालिकाको ७६, रत्ननगर नगरपालिकाको ४, खैरहनी नगरपालिकाको ७, कालिका, राप्ती तथा माडी नगरपालिकाको एक एकजना र ईच्छाकामना गाउँपालिकाको ८ जना रहेका छन्।

    संक्रमित मध्ये ७ जना अस्पताल तथा ९१ जना होम आइसोलेसनमा रहेका छन्।