× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    जनै पूर्णिमाको दिन गोसाइकुण्डमा नुहाउन जाने उत्सव-सुनिल उलक

    २ वर्ष पहिले

    साउन-२७, जनै पूर्णिमालाई हामी गाई जात्रा, रक्षाबन्धन तथा क्वाती पुन्हीको रुपमा मात्र सम्झछौ । जनै पूर्णिमाको दिन गोसाइकुण्डमा नुहाउन जाने उत्सवको रुपमा गोसाइकुण्ड मेला पनि लाग्ने गर्दछ ।

    किंवदन्ती अनुसार समुन्द्र मन्थन पछि अमृत निस्कने भन्नु भन्दा पहिले कालकुट विष निस्कदा त्यस विषको प्रभावले सबैलाई कष्ट पुग्न लागेको देखी महादेवले सो विष सेवन गर्दा घाँटीमा अड्की निलो हुन पुग्यो । हातबाट चुहिएको केही थोपा विष पृथ्वीमा खस्दा सो विषको सेवन गर्ने सर्प, बिच्छी आदीले खाइदिदा यि जीवहरु विषालु हुन पुगे । विष पिए पछि अत्तालिएका महादेव हिमालयमा फर्केर आराम गर्न खोजे तर सकेनन् असह्य भइ हातमा रहेको त्रिशुल पहाडमा बजार्दा पहाडबाट मूल फुट्न गइ पानी बहन थाल्यो । यसरी त्रिशुल बजारिएर त्रिशुलधारा निस्केको पानी जम्मा भइ गोसाइकुण्ड बनेको बिश्वास गरिन्छ ।

    यहि गोसाइकुण्डमा जनै पूर्णिमाको दिन नुहाउदा ज्ञातअज्ञात रुपमा भएका पाप सबैबाट मुक्त हुने विश्वासका साथ तिर्थयात्रीहरु नुहाउन जाने गर्दछन् । नेवारी भाषामा गोसाइकुण्डमा नुहाउन जानेलाई “सिलु वनेगु” भनिन्छ । यहि सिलु जाने क्रमकै एउटा पिडादायी कथालाई मर्मस्पर्शी गीत बनाइएको छ । जुन गित प्राय काठमाडौ उपत्यकामा रहने बृद्धबृद्धाहरुले गाउने गर्दछन् । हामी बच्चा हुदा मेरी आमा पनि एक्लै बसेर यहि गित गाउने गर्नुहुन्थ्यो । वहाबाट नै केही कथा सुनेको थिए ।

    पछि यसै कथामा आधारित फिल्म बनाइयो जुन नेवारी भाषाको पहिलो चलचित्र पनि बन्न पुग्यो । फिल्मको नाम नै “सिलु” राखिएको यो चलचित्रमा मेरो आमाले गुनगुनाउने गित पनि राखिएको छ ।फिल्म देखाइएको कथा अनुसार हिरा तुयुमैचालाई अत्यधिक चाहन्छ । निकै प्रयास पछि उनिहरुको बिबाह हुन्छ । बिबाहको केही समय पछि हिरा साथीहरुसंग सिलु जान तम्सिन्छ । ज्योतिषले पत्नीलाई लगेमा बिछोड हुने हुदा पत्नी नलैजान सल्लाह दिन्छ ।

    अन्तमा ज्योतिषको सल्लाह अनुसार पत्नी तुयुमैचालाई थाहा नदिइकन हिड्दछ । तर साथीहरुबाट पति सिलु जान लागेको थाहा पाएर तुयुमैचा पनि पतिलाई थाहा नदिइ पछि पछि लाग्छ । निकै टाढा पुगेपछि पतिपत्नीको भेट हुन्छ । त्यसपछि बाध्य भएर पत्नीलाई साथ लिएर हिड्दछ ।सिलु (गोसाईकुण्ड)मा नुहाएर खुशी हुदै फर्कदा बदमासहरुले तुयुमैचालाई लिएर भाग्दछ । पति हिराले निकै कोशिस गर्दा पनि तुयुमैचालाई बदमासको चंगुलबाट बचाउन सक्दैन । साथिहरूले तुयुमैचाको मृत्यु भएको थानेर घर फर्कनु अनुरोध गर्दछ । तर हिराले मान्दैन, पत्नी बिना उ एकलै फर्कन मान्दैन । पछि एक जोगीसंगको भेट पछि जोगीको सहयोगले पत्नी तुयुमैचालाइ लिएर हिरा घर फर्कन्छ ।

    सिलु जाने क्रमकै एउटा पिडादायी कथाको मर्मस्पर्शी गीत