२ वर्ष पहिले
साउन-२७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ८१ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ३९ हजार ३ सय २६ जना पुगेको छ ।
२४ घण्टामा २ हजार २ सय ९० जनाको पिसिआर परीक्षण गर्दा ४ सय १९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ४९ हजार ७ सय ६६ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा २ हजार ४ सय २२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ सय ६२ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख १२ हजार ६ सय ९२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ७५ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ५ हजार ५ सय ६५ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय १० जना रहेको छ।
२४ घण्टामा ५ सय ११ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ७४ हजार ७ सय ९६ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ८४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ६३ जना र भेन्टिलेटरमा ८ जना रहेको छ।