× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २ सय ६३ संक्रमित थपिँदा निको हुनेको संख्या ५०१

    २ वर्ष पहिले

    साउन-२८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ३९ हजार ५ सय ८९ जना पुगेको छ ।

    २४ घण्टामा १ हजार ३ सय ९९ जनाको पिसिआर परीक्षण गर्दा १ सय ६२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ५१ हजार १ सय ६५ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा १ हजार ७ सय ६६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय १ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख १४ हजार ४ सय ५८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३४ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ५ हजार २ सय २८ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ६ जना रहेको छ।

    २४ घण्टामा ५ सय १ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ७५ हजार ३ सय ७ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ८६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ६१ जना र भेन्टिलेटरमा ४ जना रहेको छ।