× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिनमा पहिलो पटक महिला लाखे

    २ वर्ष पहिले

    साउन-२८, चितवनको इच्छाकामना ५ मुग्लिनमा पहिलो पटक एक किशोरी लाखे को भुमिकामा देखा परेकी छिन्।

    लाखे नाचमा महिला लाखे बन्न नहुने प्रचलन तोड्दै मुग्लिन निवासी किशोरी प्रितिका श्रेष्ठले लाखे बनेर नाच प्रस्तुत गरेकि हुन्।

    रोपाइँ जात्राको अवसरमा नेवार गुठी समाज मुग्लिनले प्रस्तुत गरेको लाखे नाचमा प्रितिकालाई लाखेको रुपमा नाच्न अनुमति दिएको हो।

    बुबा मिनबहादुर श्रेष्ठ तथा दाई प्रकाश श्रेष्ठ पटकपटक लाखे बनेर नाचेको देख्दा ‘आफुले पनि लाखे नाच नाच्न सक्छु’ भन्ने भाव मनमा पलाएको र गुठी समाजको अनुमतिमा लाखे बनेर नाच प्रस्तुत गरेको प्रितिकाले बताइन्।

    मुग्लिनमा २०३४ साल देखि निरन्तरता रुपमा नेवार समुदायले लाखे नाच प्रस्तुत गर्दै आएको र आज पहिलो पटक एउटी किशोरी लाखे बनेर साहस प्रदर्शन गरेको मुग्लिनका समाजसेवी जयलाल श्रेष्ठले बताउनुभयो।