× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    राज्यमन्त्री उमेश श्रेष्ठको विशेष पहलमा चितवनमा सुरुङ मार्ग र औद्योगिक क्षेत्रको काम अघि बढ्यो ।

    २ वर्ष पहिले

    श्रावण २८, चितवन
    जिल्लाको सम्मृद्धिको लागि कोसेढुंगा साबित हुने गौरबको आयोजनाका रुपमा परिचित मझीमटार–शक्तिखोर सुरुङ मार्ग र शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण कार्यले गति लिन थालेको छ । आज कालिका नगरपालिकाको आयोजनामा सुरुङ मार्ग र औद्योगिक क्षेत्र बिषयक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालय मामिलाका राज्यमन्त्री उमेश श्रेष्ठले यस गौरबपूर्ण आर्थिक परियोजनाले चितवनको मात्र नभएर नेपालकै मध्यभागमा रहेका कारण सिङगो मुलुकको आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान पु¥याउने हुँदा आफूले यसलाई प्रमुख प्राथमिकता प्रदान गरेर योजना आयोग देखि सम्बन्धित मन्त्रालयमा आवश्यक समन्वय र पहलकदमी गरेको बताउनु भयो । चितवनको कालिका नगरपालिकाको वडा नं ३, ७ र ८ मा रहेका १ हजार ७४१ बिघा क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणको लागि डिपिआर समेत तयार गरी आबश्यक प्रक्रिया शुरु भैसकेको छ भने पृथ्वी राजमार्गमा सगै जोडिएको धादिङ जिल्ला स्थित बेनीघाट रोराङ गाउँपालिकामा पर्ने मझिमटार बजारबाट चितवनको कालिका नगरपालिका स्थित शक्तिखोरमा छेडिने सुरुङ मार्गको सम्भाब्यता अध्यनको लागि चालू बजेटमा एक अर्ब रुपैया बिनियोजित भैसकेको छ । चितवनको समग्र बिकाशको लागि रुपान्तरणकारी मेगा प्रोजेक्टका रुपमा रहेका मझिमटार–शक्तिखोर सुरुङ मार्ग र शक्तिखोर औद्योगिक क्षेत्रको सफल कार्यान्वनयका निम्ति सबैको चासो, चिन्ता र सहभागिता हुनु जरुरी छ भनेर अन्तरक्रिया कार्यक्रममा भनाई राख्ने बक्ताहरुले जोड दिनु भयो । कालिका नगरपालिकाको प्रमुख बिनोद रेग्मीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा आफ्ना भनाईहरु राख्ने वक्ताहरुमा माननीय सांसद कृष्णभक्त पोख्रेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. बिश्व पौडेल, एमालेका नेता देवी ज्ञवाली, नेपाली कांग्रेसका स्थानीय सभापति दीपेश्चर केसी, नेकपा माओबादी केन्द्रका स्थानीय नेता सबिता लामा, उदयपुर सामुदायिक बनका अध्यक्ष केशब लामा, कमल आचार्य, कृष्ण श्रेष्ठ, शिबराम केसी, उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेल लगायतका बक्ताहरु थिए ।