× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज सुन तथा चाँदीको भाउ बढ्यो

    २ वर्ष पहिले

    साउन-२९, आज (आइतबार) कारोबारको पहिलो दिन सुन तथा चाँदीको भाउ बढेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९७ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले १२ सय ५० रूपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय २५ रूपैयाँमा कारोबार भएको थियोे।