× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ४ सय ५५ संक्रमित थपिँदा निको हुनेको संख्या ३ सय २

    २ वर्ष पहिले

    साउन-२९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ५५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४० हजार ४४ जना पुगेको छ ।

    २४ घण्टामा २ हजार ३ सय ८ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ५३ हजार ४ सय ७३ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा २ हजार ५ सय २१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ५० जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख १६ हजार ९ सय ६९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३५ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ५ हजार २ सय ४६ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ८९ जना रहेको छ।

    २४ घण्टामा ३ सय २ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ७५ हजार ६ सय ९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ८८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ६५ जना र भेन्टिलेटरमा २ जना रहेको छ।