× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    गोरखा तामाङ समाजले छेपेटारमा दशै रमाइलो मेला आयोजना गर्ने

    २ वर्ष पहिले

    साउन-३१, गोरखा तामाङ समाजले गोरखा नगरपालिका १० छेपेटारमा दशै रमाइलो मेला आयोजना गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी समाजले दशै रमाइलो मेला गर्ने बारे जानकारी गराइएको हो ।

    जिल्ला भित्रका तामाङ समुदायको भाषा, संस्कृतिको प्रवद्र्धन तथा स्थानीय स्तरमा उत्पादित खाद्यजन्य वस्तुहरुको प्रवद्र्धनका लागि मेला आयोजना गर्न लागेको आयोजक तथा समाजका अध्यक्ष बुद्धडोङ तामाङले जानकारी दिए । असोज ३ गते देखि १६ गतेसम्म हुने मेलामा करिब ४५ लाख खर्च हुने अनुमान गरिएको छ ।

    मेला करिब एक सय ५० भन्दा बढी स्टलहरु रहनेछन् । स्टलमा स्थानीय स्तरमा उत्पादित कृषिजन्य बस्तुहरु साथै डोको, थुन्से, विभिन्न जातजातिका भेषभुषा लगागतका सामाग्रीहरु राखिने अध्यक्ष तामाङले जानकारी दिए । मेला अवधिभर करिब १५ हजार दर्शकले अवलोकन गर्ने बताउदै मेलामा प्रवेश गर्नका लागि रु ५० को टिकटको व्यवस्था गर्ने उनले बताए ।

    मेलाबाट १५ लाख नाफा गर्ने आयोजले अनुमान गरेको छ । सो आम्दानी रकमलाई समितिको निर्णय अनुसार सामाजिक कार्यमा खर्च गर्ने जनाएको छ । मेलामा स्थानीय तथा राष्टिूय स्तरका कलाकारहरुबाट पनि साँगीतिक तथा नृत्य प्रदर्शन रहने आयोजकले जनाएको छ ।