२ वर्ष पहिले
भदौ-१, चितवनमा आज (बुधबार) १९ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार १ सय १५ पिसिआर परीक्षण हुँदा १५ र ८ जनामा एन्टीजन परीक्षण गर्दा ५ जनामा गरि जम्मा १९ जनामा संक्रमण देखिएको हो।
आज थपिएका संक्रमित मध्ये १५ जना भरतपुर महानगरपालिका , खैरहनी, रत्ननगर र माडी नगरपालिकाको एक-एकजना रहेको छ।
चितवनमा हालसम्म सक्रिय सङ्कमितको संख्या ९६ जना पुगेको छ ।जस मध्ये भरतपुर महानगरपालिकाको ७३, रत्ननगर नगरपालिकाको ५, खैरहनी नगरपालिकाको ११, कालिका र माडी नगरपालिकाको एक एकजना र ईच्छाकामना गाउँपालिकाको ५ जना रहेका छन्।
संक्रमित मध्ये ५ जना अस्पताल तथा ९१ जना होम आइसोलेसनमा रहेका छन्।