× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    गोरखा हरमटारीमा असोज ४ गतेदेखि तेस्रो गोरखकाली मेला हुने

    २ वर्ष पहिले

    भदौ -२, गोरखा जिल्लाको सदरमुकाम गोरखामा असोज ४ गतेदेखि तेस्रो गोरखकाली मेला हुने भएको छ।

    हरमटारी क्लबको आयोजनामा हरमटारीको खेलकुद मैदान मा असोज ४ गतेदेखि १४ गतेसम्म मेला हुने भएको हो।

    क्लवका संस्थापक अध्यक्ष सीलन श्रेष्ठको अध्यक्षतामा बिहिबार पत्रकार सम्मेलन गरी ‘गोरखाको संस्कार, संस्कृतिको संरक्षण र प्रबर्द्धन, आर्थिक, पर्यटन र ऐतिहासिक अभियान’ भन्ने नारा सहित मेलाको आयोजना गर्न लागिएको जानकारी दिएको हो।

    गोरखाको विरता र गाथालाई प्रस्फुटन गरि जिल्लाको चिनारीको प्रचारप्रसार गर्नुका साथै जिल्लामा बसोबास गर्ने जातजाति, संस्कृति, भेषभूषा, कलाको संरक्षणका लागि मेला आयोजना गरिएको मेलाका संयोजक आशिष श्रेष्ठले बताउनुभयो।

    मेलामा लोपोन्मुख सांस्कृतिक कार्यक्रम प्रस्तुति, औद्योगिक प्रदर्शनी, खाना महोत्सव, कन्सर्ट, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती जातीय भेषभुषा प्रदर्शन प्रतियोगिता लगायतका कार्यक्रम हुने उहाँको भनाई छ।

    मेलामा जिल्लाका ११ वटै पालिकाको पहिचान सहितको सांस्कृतिक झाँकी प्रदर्शन गर्नुका साथै नगर क्षेत्रका पर्यटकीय स्थलसम्म पर्यटकको ल्याउनका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने योजना रहेको क्लबका महासचिब किरण ढकालले बताउनुभयो।

    मेलामा कृषि, शिक्षा, स्वास्थ्य, खाना, पर्यटन, स्थानीय उत्पादन, व्यापारिक सहित करिब १०० ओटा स्टल रहने आयोजकले जनाएको छ । स्थानीय व्यवसायलाई स्टल लागि विशेष छुट उपलब्ध गराउने संयोजक श्रेष्ठ श्रेष्ठले बताउनुभयो।

    करिब ३५ हजारले अवलोकन गर्ने र मेलाले स्थानीयस्तरमा व्यापारिक गतिविधि वृद्धि हुनुका साथै ऐतिहासिक, धार्मिक, पर्यटन र संस्कृतिको प्रचार हुने अपेक्षा गरिएको छ।