२ वर्ष पहिले
भदौ-२, चितवनमा आज (बिहीबार) ५ कोरोना संक्रमित थपिदा ६ संक्रमित निको भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ६१ पिसिआर परीक्षण हुँदा ३ र ८ एन्टीजन परीक्षण गर्दा २ जनामा गरि जम्मा ५ जनामा संक्रमण देखिएको हो।
आज थपिएका सबै संक्रमित भरतपुर महानगरपालिकाकरहेको छ।
चितवनमा हालसम्म सक्रिय सङ्कमितको संख्या ९३ जना पुगेको छ ।जस मध्ये भरतपुर महानगरपालिकाको ७४, रत्ननगर नगरपालिकाको ३, खैरहनी नगरपालिकाको ११, कालिका र माडी नगरपालिकाको एक एकजना र ईच्छाकामना गाउँपालिकाको ३ जना रहेका छन्।
संक्रमित मध्ये ३ जना अस्पताल तथा ९३ जना होम आइसोलेसनमा रहेका छन्।