× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ५ सय ४२ संक्रमित थपिँदा निको हुनेको संख्या ४ सय २१

    २ वर्ष पहिले

    भदौ-२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ४२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४३ हजार ७४ जना पुगेको छ ।

    २४ घण्टामा २ हजार ८२ जनाको पिसिआर परीक्षण गर्दा २ सय २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ६५ हजार ३ सय ८ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा २ हजार ८ सय ४८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ सय १८ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख २७ हजार ८ सय १३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ६५ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ५ हजार ६७ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ९८ जना रहेको छ।

    २४ घण्टामा ४ सय २१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ७७ हजार ३ सय ५८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ९० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ५४ जना र भेन्टिलेटरमा ७ जना रहेको छ।