× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    गुडिरहेको ट्रकको पछाडी ठोक्किदा मोटरसाइकलमा सवार २ को मृत्यु ।

    २ वर्ष पहिले

    भाद्र ३, कुरिनटार । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकाना गाउँपालिका वडा नं. ४ स्थित कुरिनटारमा गुडिरहेको ट्रकमा मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु भएको छ । काठमाण्डौबाट मुग्लिन तर्फ आउदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकको पछाडी सोही दिशाबाट आइरहेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुइजना गम्भिर घाइते भइ उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।


    मृत्यु हुनेमा जिल्ला दैलेख ल्यातीबन्द्रासाइनी नगरपालिका वडा नं. ६ बस्ने बर्ष २५ को सरोज रोकाया र जिल्ला सर्लाही ईश्वरपुर १ स्थायी ठेगाना भई हाल काठमाण्डौ महानगरपालिका वडा नं. ११ बस्ने वर्ष ३२ को सरोज माझि रहेको प्रहरीले जनाएको छ । भरतपुर मेडिकलकलेजमा उपचारको क्रममा मोटरसाइकल चालक सरोज रोकाएको विहान ५ः१० बजे मृत्यु भएको र पछाडी सवार सरोज माझिको ५ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटना स्थलमा ईलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी निरिक्षकको कमाण्डमा खटिएको टोलीले तत्काल घाइतेको उद्धार गरी उपचारको लागि भरतपुर पठाइएको थियो भने अबरुद्ध बनेको राजमार्ग सञ्चालनमा ल्याएको थियो । दुर्घटनामा परेका दुबै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले आफ्नो नियन्त्रणमा लिएको छ ।