२ वर्ष पहिले
भदौ-४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ९९ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४३ हजार ९ सय ९६ जना पुगेको छ ।
२४ घण्टामा १ हजार ६ सय ७९ जनाको पिसिआर परीक्षण गर्दा १ सय ८० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ६८ हजार ५ सय ९९ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा २ हजार सय ६७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय १९ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ३३ हजार ८ सय ४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय २५ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ४ हजार ४ सय १६ रहेको छ भने संस्थागत आइसोलेसनमा २ सय ९ जना रहेको छ।
२४ घण्टामा ५ सय ७७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ७८ हजार ४ सय २२ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ९२ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ५३ जना र भेन्टिलेटरमा ४ जना रहेको छ।