× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    विप्लबको निर्देशनमा धाादिङ्गको विकट गाउँ च्यात्रामा बन्यो विद्यालय, ३० जना बालबालिका भए भर्ना ।

    २ वर्ष पहिले

    भाद्र ४, धादिङ्ग

    विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले धादिङ जिल्लाको बेनिघाट–रोराङ्ग गाउँपालिकाको वडा नं. १ र २ को सिमाना पर्ने अति विकट तामाङ बस्ती रहेको च्यात्रा गाउँमा आधारभुत विद्यालय निर्माण गरेको छ । शुक्रवार संगठनले एक कार्यक्रमको आयोजना गरि विद्यालयको औपचारिक उद्घाटन गरेको हो । केन्द्रिय सदस्य सन्देश पौडेलको प्रमुख आतिथ्यता तथा अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाहीको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेकपा पार्टीका महासचिव विप्लवले शुभकामना सन्देश पठाएका थिए ।


    धादिङ जिल्लाको अति विकट उक्त गाउमा यसभन्दा अघि विद्यालय नभएको कारण त्यहाका बालवालिकाहरू शिक्षावाट वन्चित रहदै आएका थिए । नजिकै भनिएको विद्यालय पनि तिन घण्टाको दुरीमा रहेको र भिरालो बाटो भएकोले बालवालिकाहरू पढ्ने अवसरबाट बन्चित रहेको अवस्थामा विद्यालयको निर्माण गरिएको अध्यक्ष प्रकाश शाहीले बताए ।


    नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता प्रतिवन्धको समयमा अभियानको क्रममा त्यस क्षेत्रमा जाँदा विद्यालय नै नभएकोले विप्लवको निर्देशन तथा नेकपा र अखिल क्रान्तिकारीको पहलमा विद्यालय निर्माण भएको हो ।

    करिब २५ घर धुरी रहेका उक्त गाँउमा करिब ५० को संख्यामा बालबालिका रहेको अखिल (क्रान्तिकारी) जनाएको छ । यसभन्दा पहिले बालबालिका विद्यालय जाने अवस्था नरहेको कारण पनि यस क्षेत्रमा विद्यालय आवश्यक रहेको अखिल (क्रान्तिकारी) का अध्यक्ष शाहीले बताउनु भयो ।


    ४ कोठे विद्यालय भवन निर्माणमा स्थानीयहरुसंगको सहकार्य, अखिल (क्रान्तिकारी) को लगानी र श्रमदान रहनुका साथै बिद्यालयलाइ आवश्यक फर्निचर, खेलकुद सामग्री र शैक्षिक सामग्री समेत क्रान्तिकारी ले उपलब्ध गराएको अध्यक्ष शाहीले बताए ।

    उद्घाटन लगतै बिद्यालयमा पढाई समेत शुरु गरिएको छ भने विद्यालयमा ३० जना विद्यार्थी भर्ना भएको विद्यालयका शिक्षिका अस्मिता घलानले जनाएकी छिन् ।