× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    यस वर्षको दाहाल यज्ञनिधि पुरस्कार आविष्कारक महावीर पुनलाई

    २ वर्ष पहिले

    भदौ-५, यस वर्षको दाहाल यज्ञनिधि पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख आविष्कारक महावीर पुनलाई प्रदान गरिएको छ ।

    साहित्यकार एवं सञ्चारकर्मी दाहाल दयानिधिको चौथौ स्मृति दिवसका अवसरमा दाहाल यज्ञनिधि सुधार सदनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

    पुरस्कारको राशि एक लाख ५० हजार रुपैयाँ रहेको छ । पुरस्कार ग्रहणपछि पुनले राष्ट्रको अस्तित्व जोगाउनका लागि सबै लाग्नुपर्ने बताए । मातृभूमिलाई जोगाउनका लागी भनेर मात्रै केही नहुने र अर्थतन्त्र सुधार गर्नुपर्ने उनले बताए ।