× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २ सय ८६ संक्रमित थपिँदा निको हुनेको संख्या ४ सय ७९

    २ वर्ष पहिले

    भदौ-५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ८६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४४ हजार २ सय ८२ जना पुगेको छ ।

    २४ घण्टामा १ हजार ८ सय १६ जनाको पिसिआर परीक्षण गर्दा २ सय २ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ७० हजार ४ सय १५ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा १ हजार ६ सय ७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८४ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ३५ हजार ४ सय ११ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ४८ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ४ हजार १ सय ५५ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ९३ जना रहेको छ।

    २४ घण्टामा ४ सय ७९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ७८ हजार ९ सय १ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ९२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ५१ जना र भेन्टिलेटरमा ५ जना रहेको छ।