× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    गोरखामा बन्द प्रभाव

    २ वर्ष पहिले

    भदौ -७, नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी लगायत चार कम्यूनिष्ट पार्टीको आह्वानमा भएको बन्दका कारण गोरखामा आज बिहानैदेखी प्रभाव परेको छ ।

    गोरखामा केही मोटरसाईकल, एम्बुलेन्स तथा दुधबोक्ने गाडी बाहेकका निजी तथा भाडाका सार्वजनिक सवारी साधन बिहानैदेखि चलेको छैन।टिकट काउन्टरहरु बन्द रहेका छन् ।

    गोरखा सदरमुकामको हरमटारी चोकमा बन्दकर्ताले निस्किएका थिए तर उनीहरुले सवारी साधनलाई अवरोध भने गरेका छैनन् । सडक छेउमा झण्डा राखेर उनीहरु पेटीमा बसिरहेका छन् ।विद्यालय र बजारहरु पनि आज बन्द भयो । सरकारी कार्यालय खुलेपनि कार्यालयले गाडीको प्रयोग गरेका छैनन् ।

    सार्वजनीक यातायात नचलेका कारण सर्वसाधरणक चहपहल कम देखिएको छ । गोरखा बजार बिहानैदेखि सुनसान छ ।

    तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महङ्गीका विरुद्ध देशैभर बन्दको आह्वान गरिएको बताइएको छ।