× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • साहित्य

    म ऐलान गरिरहेको छु-हरिभक्त कटुवाल

    २ वर्ष पहिले

    म ऐलान गरिरहेछु

    उनीहरु केवल कागजका बाघ मात्र हुन्

    म ऐलान गरिरहेछु

    उनीहरु नाङ्लो ठटाएर हात्ती तर्साउन पल्केका

    मखुण्डोधारी नपुंसक एउटा जमात मात्र हुन

    त्यसैले मागेर हामी कसै सित केही लिन्नौ

    हाम्रा अधिकारहरु खोसेर लिन सक्ने भएका छौ हामी

    ती फ्याउराहरुको हुललाई

    बाघ जस्तै झम्टन सक्ने भएका छौ हामी

    भइसकेको छ – एकचोटी शक्तिको परीक्षण भइसकेको छ

    र विजय हाम्रो भएको छ

    र यो हाम्रो पहिलो विजय हो

    जारी रहने छ हाम्रो विजय अभियान

    अन्तिम लक्ष नपुगेसम्म

    जारी रहने छ

    समर्पित छ हाम्रो वर्तमान

    यसले भोलि एउटा उज्वल इतिहास कहने छ त्यसैले त म ऐेलान गर्न सकिरहेछु

    कि उनीहरु केवल कागजका बाघ मात्र हुन्

    उनीहरु नाङ्लो ठटाएर हात्ती तर्साउन पल्केका

    मखुण्डोधारी नपुंसक एउटा जमात मात्र हुन