× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवन क्षेत्र नं २ बाट संघीय र प्रदेश निर्बाचनमा कांग्रेसका को–को छन् दाबेदार ?

    २ वर्ष पहिले

    न्यूज ब्यूरो
    चितवन, चुनाब नजिकिदै जादा टिकटका आंकाक्षीहरुको दौडधूप र लबिङ बढन थालेको देखिन्छ । सुनसान जस्तै लाग्ने केन्द्रीय नेताका काठमाण्डौ स्थित घर आँगन हिजोआज टिकट माग्न आउने कार्यकर्ता र समर्थकहरुको भीड लाग्न थालेको छ भने नेताहरुलाई कार्यकर्ता र समर्थक भेट्न भ्याई नभ्याई देखिन्छ । टिकट बितरणको प्रक्रियागत बिधि र पद्धति सम्मत नीति भएता पनि कांग्रेसमा अधिकांश टिकट बितरण नेताका नजिकका गुटगत भित्रिया या नेतालाई नगदको जस्ले बढी जोहो गर्न सक्छ उसैले ल्याउने देखिएको हुँदा टिकट आंकाक्षीहरुको दौडधूप र लबिङ कुनै म्याराथन धाबकको दौडान भन्दा कम देखिदैन ।


    चितवनको कालिका नगरपालिका, ईच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका १० वटा वडाहरु पर्ने क्षेत्र नं २ मा सांगठानिक रुपमा नेकपा एमालेको अग्रता देखिन्छ । यस क्षेत्रमा पर्ने २ वटा स्थानीय तह कालिका नगरपालिका र ईच्छाकामना गाउँपालिकाको मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष सहित बहुसंख्यक वडाहरुमा नेकपा एमालेले सानदार जीत निकालेका छन् । हाल सम्म भएका ६ वटा केन्द्रीय निर्बाचनमा एक पटक मात्र नेपाली कांग्रेसले जित निकालेका छन् बाकी ५ वटा निर्बाचन बामपन्थीले जितेका छन् । संघीय चुनाबमा यस अघि भएका ०४८, २०५१, २०६४, २०७०, २०७४ आम निर्बाचनमा बामपन्थीको जीतमा निर्णायक हैसियत राख्ने धैरै मतदाता रहेको वडा नं ११ र १२ मा हालै सम्पन्न स्थानीय निर्बाचनमा वडा अध्यक्ष नेकपा एमालेले जितेका छन् भने त्यस्तै बढी मतदाता रहेको १ र २ नं वडा झिनो मतान्तरले मात्र नेकपा एमाले पराजित भएका छन् ।

    स्थानीय निर्बाचन ०७९ को मत परिणाम अनुसार वडास्तरको मतमा नेपाली कांग्रेस सहित गठबन्धनको कुल ३५,१५० मत रहेका छन् भने नेकपा एमाले एक्लैको कुल ३५,५४३ मत रहेका छन् । कांग्रेस सहित गठबन्धन ३९३ मतले पछाडि देखिन्छ । स्थानीय निर्बाचनमा टिकट बितरणमा देखिएको चर्को असन्तुष्टि र अन्तरघातको ताजा घटना र नेपाली कांग्रेसका जिल्ला नेतृत्वहरु खास गरेर सभापति राजेश्वर खनाल र निबर्तमान सभापति जीत नारायण श्रेष्ठले भरतपुर महानगरपालिकाको मेयर पदमा रेनु दाहाललाई जिताउन खेलेको आर्थिक लेनदेनको खुलेआम कारोबारले आम कांग्रेस पंक्तिको मनोबल र उत्साह नराम्रोसँग खस्किएको देखिन्छ । खास गरेर भूईकटर छाप वाला बिद्रोही कांग्रेसीहरु जग्गनाथ पौडेल, कृष्णलाल सापकोटा, भीम बहादुर श्रेष्ठ, मीना खरेल, शम्भु अर्यालहरुको मूलधार बिपरित समानान्तर गतिबिधि र कार्यकर्ता र कांग्रेस पक्षधर आम मतदाता बीच फैलिदो लोकप्रियताले गर्दा कांग्रेसलाई जीत निकाल्न फलामको च्यूरा चपाउन समान कठिन देखिन्छ ।

    कांग्रेसको जीतको निम्ति प्रतिकूल परिस्थिति रहेता पनि यस क्षेत्रमा केन्द्रीय नेता देखि स्थानीय नेताहरुले टिकट लिन हानथाप र अस्वस्थ प्रतिष्पर्धा समेत देखाउन थालेका छन् । स्थानीय नेताहरुमा बर्तमान पार्टी सभापति राजेश्वर खनाल र निबर्तमान सभापति जीत नारायण श्रेष्ठले दाबेदार पेश गरेका छन् भने नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय हेर्ने राज्यमन्त्री उमेश श्रेष्ठ देखि प्रदेश मन्त्री मीलनबाबु श्रेष्ठले आखा लगाएका छन् । यस क्षेत्रको प्रदेश “क” मा ईच्छाकामना गाउपालिका बासी नेपाली कांग्रेसका पूर्ब महासमिति सदस्य राम बहादुर लामा, कालिका नगरपालिकाबासी पूर्ब महासमिति सदस्य कमल आचार्य, भ.न.पा. वडा नं १ निबासी महाधिबेशन प्रतिनिधि टंकनाथ पौडेलले आफ्नो दाबेदारी पेश गरेका छन् । प्रदेश “ख” मा लोकप्रिय यूवा नेता निर्बतमान जिल्ला सचिव एबं महाधिबेशन प्रतिनिधि उत्तम जोशी, महासमिति समिति सदस्य एबं पूर्ब जिल्ला सचिब देबेन्द्र गुरुङ, बर्तमान जिल्ला पार्टी सचिव ध्रुब पोख्रेल रहेका छन् । सतहमा देखिएका यी दाबेदारहरु बाहेक केन्द्रीय नेताको अन्दाज र परिस्थिति र हालतको ताक हेरेर पर्खेका केहि नेताहरु भित्र भित्रै टिकट हत्याउन आफ्नो तयारी गरिरहेको बुझिन्छ ।