२ वर्ष पहिले
भदौ-१०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४६ हजार ८ सय २९ जना पुगेको छ ।
२४ घण्टामा १ हजार ७ सय ३१ जनाको पिसिआर परीक्षण गर्दा १ सय ६३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ८२ हजार २८ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा १ हजार ८ सय ४२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ६१ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ४८ हजार ३६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय ४३ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ३ हजार ७ सय ३६ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ७७ जना रहेको छ।
२४ घण्टामा ४ सय १८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८० हजार ६ सय ६३ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.५२ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ९९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ५० जना र भेन्टिलेटरमा १ जना रहेको छ।