× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज युवाकवि मोतीराम भट्टको १५६ औं जन्म जयन्ती

    २ वर्ष पहिले

    भदौ -११,राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १ सय ५६ औं जन्मजयन्ती शनिबार देशभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

    विक्रम सम्वत् १९२३ साल भाद्र कृष्ण कुशे औंसीका दिन जन्मेर १९५३ साल भाद्र कृष्ण कुशे औंसीकै दिन ३० वर्षको उमेरमा उनको निधन भएको थियो ।

    भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याएका छन् । नेपाली साहित्यको श्रृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले नै गजल विधा र गद्य कवितालाई भित्राएको मानिन्छ । उनैले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए ।