× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनको खैरहनी नगरपालिकाले बजार क्षेत्र व्यवस्थित बनाउन ठेला, घुम्ती हटाउन निर्देशन

    २ वर्ष पहिले

    भदौ-११, चितवनको खैरहनी नगरपालिकाले बजार क्षेत्र व्यवस्थित बनाउन ठेला, घुम्ती हटाउन ७ दिने अल्टिमेटम दिएको छ ।

    शुक्रबार एक सूचना निकाल्दै अर्को व्यवस्था नभएसम्म बजार क्षेत्रबाट ठेला र घुम्ती सवारी साधन मार्फत अवैधानिक तरिकाले गर्दै आएको ब्यबसाय हटाउन अल्टिमेटम दिएको हो ।

    खैरहनी नगरपालिका वडा नं.६, ७ र ८ को बजार क्षेत्रबाट ठेला, घुम्ती हटाउन निर्देशन दिईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए । नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको निर्णय अनुसार ठेला हटाउन लागिएको शर्माले बताए ।