× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध कडा कारबाहीको माग

    २ वर्ष पहिले

    भदौ-११, नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ। शनिबार नेवा समुदायका अभियन्ताहरूले परिसर टेकु पुगेर सिंहविरूद्ध जाहेरी दिदैं कडा कारबाहीको माग गरेको छ।

    सिंहको स्ट्यान्डअपको भिडिओ कमेडी क्याफेको युट्युब च्यानलमार्फत् ‘नेवारको परम्परा’ शीर्षकमा हालिएको थियो। नेवा समुदायको भाषा, संस्कृति तथा सभ्यतामाथि लक्षित गरी अपमानजनक व्यंग्य गरेको भन्दै जाहेरी परेको हो।

    जाहेरीमा मतियार बनेकाहरूलाई समेत कारबाही गर्न माग गरिएको छ।सिंहले हाँस्यव्यंग्य गर्दा नेपाल भाषा, खाना तथा महिलाहरूमाथि व्यंग्य गरेको आरोप छ। सिंहविरूद्ध ८५ जनाले जाहेरी दिएका छन्।

    त्यसैगरी नेवा समुदायकका साझा संस्था नेवा देय् दबुले प्रेस विज्ञप्ति जारी गर्दै कमेडियन सिंहको प्रस्तुती नश्लीयता सम्बन्धी अपराध र भाषिक हिंसा पनि भएकोले तत्काल सम्बन्धित पक्षले माफी माग्दै युट्युब लगायत अन्य सामाजिक संजालमा राखिएको प्रस्तुती तत्काल हटाउन भनिएको छ। अन्यथा यसै कारणले असहज परिस्थिति सिर्जना भएमा कार्यक्रम आयोजक प्रस्तुति कर्ता र सरोकारवाला पक्ष स्वयं जिम्मेवार हुने सचेत गराएको छ।