२ वर्ष पहिले
भदौ-११, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ७३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४७ हजार २ जना पुगेको छ ।
२४ घण्टामा ६ सय ४३ जनाको पिसिआर परीक्षण गर्दा ६५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ८२ हजार ६ सय ७१ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा २ हजार १ सय ९६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ८ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ५० हजार २ सय ३२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय १२ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या ३ हजार ४ सय ३२ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ८० जना रहेको छ।
२४ घण्टामा ३ सय ९६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८१ हजार ५९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.५२ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुय रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ९९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ४३ जना र भेन्टिलेटरमा १ जना रहेको छ।