२ वर्ष पहिले
भदौ-११,, चितवनमा आज (शनिबार) ९ कोरोना संक्रमित थपिदा ३ संक्रमित निको भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ३० पिसिआर परीक्षण हुँदा ५ र ७ एन्टीजन परीक्षण गर्दा ४ जनामा गरि जम्मा १ जनामा संक्रमण देखिएको हो।
आज थपिएका ९ संक्रमित मध्ये भरतपुर महानगरपालिका ८ र रत्ननगर नगरपालिकाको १ जना रहेको छ।
चितवनमा हाल सक्रिय सङ्कमितको संख्या ५० जना पुगेको छ ।जस मध्ये भरतपुर महानगरपालिकाको ४७ , खैरहनी नगरपालिकाको २ र रत्ननगर नगरपालिकाको १ जना रहेका छन्।
संक्रमित मध्ये २ जना अस्पताल तथा ४८ जना होम आइसोलेसनमा रहेका छन्।