× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बागमती लगायत ४ प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    २ वर्ष पहिले

    भदौ -१२, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार बागमती लगायत ४ प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ। हाल देशै भरी सामान्य देखि पुर्ण बदली रही देशका धेरै स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो बागमती प्रदेश, गण्डकी ,सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

    यस्तै, राती गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।