× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    अनधिकृत निर्माणमा एक स्वतन्त्र मेयरले डोजर चलाउँदा आत्तिए-सुनिल उलक

    २ वर्ष पहिले

    भदौ -१२, काठमाडौंका मेयरले उपत्यकामा बनेका अनधिकृत भवनमा डोजर चलाउँदा राजनीतिक दल आबद्दहरुको रोइलो शुरु भएको छ । भवन निर्माताहरुसंग दलका लागि चन्दा तथा नेताहरुले घुस खाएर सत्तामा बसुञ्जेल नदेखे झै गरेका यी अनधिकृत निर्माणमा एक स्वतन्त्र मेयरले डोजर चलाउँदा आत्तिए ।

    भारतको राजधानी नजिकै नोएडामा रहेको यो ३२ तले भवनमा पनि यस्तै भयो । कानुनलाई धज्जि उदाउँदै राजनीतिक नेताहरुको साथ र सहयोगले नोएडा अथरिटीका कर्मचारीहरुले आबश्यकता भन्दा बढी तलाको स्वीकृति दिदै गयो । भवनका मालिकले तला थप्दै गयो । सुपर टेक समुहको यस भवनमा फ्लैट किन्नेहरुको समुहले भवन सुरक्षित नभएको भन्दै अदालत पुगे । अदालतको छानबिनका क्रममा कर्मचारीका घुसकाण्ड बाहिर आयो । अदालतले भवन भत्काउन आदेश दिए पछि निर्माता कम्पनी उच्च अदालत पुगे । उच्च अदालतले पनि भवन भत्काउने आदेशलाई सदर गर्यो ।

    गत वर्ष ३१ अगष्टमा तीन महिना भित्र भवन भत्काउन आदेश दिए पनि कोभिडका कारणले मई महिना सम्मको समयावधि थपियो । तर सम्भव नभए पछि आज २८ अगष्टसम्मको अन्तिम अवधि तोकियो । आज दिउँसो २:४५ बजे (नेपाली समय)मा भवन तोडिदैछ ।

    भारतीय २ अरब रुपैयाँ लगानी भइसकेको यस भवन तोड्न भारतीय २० करोड रुपैयाँ लाग्दैछ । यो सम्पूर्ण खर्च पनि भवन निर्माता सुपर टेकले नै बहन गर्नुपर्नेछ । साथै भवन तोड्ने समय यस भवन वरपरका भवनहरुमा कुनै भौतिक हानि नोक्सानी भएमा पनि सो को जिम्मेवारी पनि सोही निर्माता कम्पनीले बहन गर्नु पर्नेछ ।

    यो सफलताले काठमाडौंका मेयर बालेनलाई पनि हौसला प्रदान गर्नेछ । अनधिकृत निर्माण बिरुद्ध लाग्ने जो कोहीका लागि जनताले साथ र सहयोग गर्नेछ ।