× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाका १८ होटलमा अनुगमन, ११ होटललाई कार्वाही

    २ वर्ष पहिले

    भदौ -१२, पृथ्वी राजमार्ग अन्तर्गतको धादिङ जिल्ला क्षेत्रमा सञ्चालित होटल तथा खाजा घरहरूमा जिल्ला अनुगमन टोलीले अनुगमन गरेको छ ।

    शुक्रबार र शनिबार दुईदिनको अवधीमा १८ वटा होटल तथा खाजा घरहरूको अनुगमन गर्दा उपभोक्ता हित विपरीत काम गर्ने ११ होटललाई कारबाही गरेको छ । टोलिले गल्छी गा.पा.– ७, भल्टारमा रहेको जुनतारा रेष्टुरेन्ट एण्ड लज र न्यू लुम्बिनी होटललाई १०/१० हजारका दरले जरिवाना गराइएको घरेलु कार्यालय धादिङले जनाएको छ ।

    थाक्रे गा .पा.–२ मा रहेको न्यू काष्ठमण्डप होटललाई १५ हजार र होटल हिराचन एण्ड रेष्टुरेन्टलाई ५ हजार, धुनिबेशी न.पा.– ८ खानिखोलामा रहेको आर.पि. कोल्ड स्टोर एण्ड खाजा घरलाई २० हजार, मच्छिन्द्र स्टाफ होटललाई ५ हजार जरिवाना तिराइएको छ ।

    त्यस्तै बेनीघाट रोराङ गा.पा.– ३ सलाङघाटमा रहेको सफल होटललाई १० हजार, बेनीघाट रोराङ गा.पा.– ७ खटौलीमा रहेको नेपाल माइक्रो खाना एण्ड खाजा घरलाई १० हजार, बेनीघाट रोराङ गा.पा.–७ खोष्टे मा रहेको– युनिक हाइवे होटललाई १० हजार, बेनीघाट रोराङ गा.पा.– ५ विशालटारमा रहेको बुढिगण्डकी हाइवे रेष्टुरेन्टलाई ५ हजार र बेनीघाट रोराङ गा.पा.–३ सलाङघाटमा रहेको चितवन स्टाफ होटललाई २० हजार जरिवाना गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ ।

    टोलीले अनुगमनको क्रममा करिब १२ हजार ८ सय रुपैयाँ बराबरको म्याद गुज्रेका,सडेगलेका प्रयोग गर्न अयोग्य सामाग्रीहरु नष्ट गरेको छ । कारबाहीमा परेका होटलहरुले निर्धारित मुल्यभन्दा बढी रकम लिएको, सरसफाइमा ध्यान नदिएको पाइएको जरिवाना तिराईएको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ ।

    जिल्लाका बिभिन्न स्थानमा अखाध्य बस्तुको बिक्री भएको,तोकिएको मुल्यभन्दा बढी रकम लिएको र सरसफाइमा ध्यान नदिएको भन्ने सुचनाको आधारमा प्रशासन, घरेलु लगायतका सम्बन्धित निकायहरुले बजार अनुगमनलाई तीब्रता दिएको छ। जिल्ला अनुगमन टोलीले उपभोक्तालाई सचेत बन्न र गुनासो गर्ने बानी बसाल्न आग्रह समेत गरेको छ ।