× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    कालीखोलामा ट्रक पल्टीयो, २ घाइते

    २ वर्ष पहिले

    भाद्र १३, चितवन
    मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत कालीखोला नजिकै ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका छन् । पर्साबाट मुग्लिन तर्फ आउदै गरेको ना ७ ख ९६०५ नम्बरको टेलर चितवनको इच्छाकामना गा.पा. वडा नं. ५ कालीखोला नजिकै आफै अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेमा टेलका चालक जिल्ला पर्सा विरगञ्ज नगरपालिका वडा नं. १७ बस्ने वर्ष ३२ को माधव दास र सहकालक जिल्ला सर्लाही मलंगवा नगरपालिका वडा नंं १८ बस्ने वर्ष १८ को पप्पु यादव घाइते भएका छन् । उनीहरुको हाइवे हस्पिटल मुग्लिनमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।