× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भारतीय अभिनेता सलमान खान र चिरञ्जीवी फिल्म शुटिङका लागि नेपाल आउने

    २ वर्ष पहिले

    भदौ -१३, भारतीय अभिनेता सलमान खान र चिरञ्जीवी फिल्म शुटिङका लागि नेपाल आउने भएका छन्। मोहन राजाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘गडफादर’को छायांकनको लागि आगामी सेप्टेम्बरमा दुवै अभिनेता नेपाल आउने भएका हुन्।

    मुलालयम सुपर हिट फिल्म लुसिफरको रिमेकको रुपमा रहेको पोलिटिकल एक्सन तेलुगु फिल्मको भर्खरै पहिलो टिजर सार्वजनिक गरिएको छ।

    कार्यकारी निर्माता उमाशंकर राजु जोमसोमको बाटोमा

    फिल्मको छायांकनका लागि निर्माण टोलीले मुस्ताङको जोमसोम क्षेत्र अवलोकन गरेर गइसकेको छ। निर्माण टोलीका अनुसार सलमान र चिरञ्जीवी सहितको टोली ३ दिन नेपालमा बस्नेछ।