× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा आज ८ कोरोना संक्रमित थपिँदा ६ जना निको

    २ वर्ष पहिले

    भदौ-१४, चितवनमा आज (मंगलबार) ८ कोरोना संक्रमित थपिँदा ६ संक्रमित निको भएको छ ।

    स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार २४ पिसिआर परीक्षण हुँदा २ र २० एन्टीजन परीक्षण गर्दा ६ जनामा गरि जम्मा ८ जनामा संक्रमण देखिएको हो।

    आज थपिएका संक्रमित मध्ये भरतपुर महानगरपालिका ५ जना, रत्ननगर, खैरहनी र कालिका नगरपालिकाको एकएकजना रहेको छ।

    चितवनमा हाल सक्रिय सङ्कमितको संख्या ३७ जना पुगेको छ ।जस मध्ये भरतपुर महानगरपालिकाको ३१, खैरहनी नगरपालिकाको १, रत्ननगर नगरपालिकाको ३, राप्ती र कालिका नगरपालिकाको एक-एक जना रहेका छन्।

    संक्रमित मध्ये ३ जना अस्पताल तथा ३४ जना होम आइसोलेसनमा रहेका छन्।