× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा २ सय ५७ संक्रमित थपिँदा निको हुनेको संख्या २ सय ३२

    २ वर्ष पहिले

    भदौ-१४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ५७ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ४७ हजार ६ सय ८७ जना पुगेको छ ।

    २४ घण्टामा १ हजार ४ सय ५८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ४३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५८ लाख ८७ हजार ७ सय १८ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा २ हजार ४ सय ६३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय १४ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १३ लाख ५६ हजार ९ सय ४० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ४६ जना रहेको छ । होम आइसोलेसनमा रहनेको संख्या २ हजार ९ सय ९१ रहेको छ भने संस्थागत आइसोलेसनमा १ सय ५५ जना रहेको छ।

    २४ घण्टामा २ सय ३२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८१ हजार ९ सय ७६ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८५.५६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा बस्नेको संख्या शुन्य रहेको छ । त्यसैगरी आइसीयू ४० जना र भेन्टिलेटरमा ५ जना रहेको छ।